सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालिकोटमा नेकपा र बझाङमा एमाले पहिलो दल

कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी र बझाङमा नेकपा एमाले पहिलो दल बनेको छ। 

समानुपातिक तर्फको मतगणना सम्पन्न भएको कालिकोटमा नेकपाले १० हजार ८८ मत ल्याएको छ। यो कुल मतको झण्डै २९ प्रतिशत हो।

दोस्रो भएको एमालेले ७ हजार ५७० मत ल्याएको छ। नेपाली कांग्रेसले ६ हजार ६३८ मत ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ३९७ मत ल्याएको छ। एमालेले २२ प्रतिशत, कांग्रेसको १९ प्रतिशत र रास्वपाले झण्डै १३ प्रतिशत मत ल्याएको छ। कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी भएका छन्। 

बझाङमा पनि समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। पहिलो दल बनेको नेकपा एमालेले १६ हजार २९९ मत प्राप्त गरेको छ। जुन २९ प्रतिशत हुन आउँछ।

नेपाली कांग्रेसले १४ हजार ५७४ मत प्राप्त गरेको छ। जुन २६ प्रतिशत हुन आउँछ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार २९१ मत प्राप्त गरेको छ। जुन २२ प्रतिशत हो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले १५ प्रतिशत मत ल्याएको छ।

बझाङमा नेकपा एमालेका ऐन महर विजयी भएका छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »