काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ७९ लाख १० हजार ४०८ मतगणना भएको छ ।
बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८, नेकपा एमालेले १० लाख ८९ हजार ४४९, नेपाली कम्युनिष्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ र श्रम संस्कृति पार्टीले दुइ लाख ६२ हजार ६६० मत प्राप्त गरेको छ ।








