नेपालगञ्ज, नेपालगञ्जका हार्डवेयर व्यवसायी संगठित भएका छन् । नेपालगञ्जमा भेला भएका नेपालगञ्जका हार्डवेयर व्यवसायीहरुले तदर्थ समिति गठन गरेका छन् ।

हार्डवेयर एशोसियसन अफ नेपालगञ्ज (हान) को तदर्थ समितिको अध्यक्षमा कृष्ण बहादुर थपलिया चयन हुनुभएको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा कमल कुमार कार्की, द्वितिय उपाध्यक्ष राधेश्याम शर्मा, महासचिव दिर्घराज आचार्य र कोषाध्यक्ष दिपक अग्रवाललाई चयन गरिएको छ । हानको सदस्यहरुमा अच्युत गौतम, सरोवर प्रसाईं, महेश भण्डारी र टेक बहादुर क्षेत्री हुनुहुन्छ ।
त्यस्तै सल्लाहकारहरुमा अच्युत प्रसाद प्रसाईं, सुनिल कुमार शर्मा, कैलाश शर्मा र रमानाथ ढकाल रहनुभएको छ ।