निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

समावेशी प्यानल झनै बलियो, जित निकट छौं ः मन्सुरी


नेपालगञ्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलप्रति मतदाता उद्योगी, व्यवसायीको अत्याधिक समर्थन देखिएको छ ।

निर्वाचन नतिजा नजिकिदै गर्दा उक्त प्यानल झनै बलियो देखिएको छ । बिगतका निर्वाचनमा सहभागि हुँदै आएको साझा समावेशी प्यानल समेत मिलेर बनेको समावेशी प्यानलका उम्मेदवार त्यसै पनि बलियो थियो ।

अहिले मतदाताको अत्याधिक समर्थन देखिएपछि उम्मेदवारहरु उत्साहित भएको निर्वाचन परिचालन समिति संयोजक ईश्वरप्रसाद पोख्रेलले बताउनुभयो ।

‘हामीले बलियो जग सहित प्यानल बनाएका थियौं । त्यसमा यतिबेला हामीप्रति उद्योगी व्यवसायीको सहानुभुती र स्नेह झनै बढेको छ ।’– पोख्रेलले भन्नुभयो–‘त्यसले हाम्रा उम्मेदवारको बिजयी सुनिश्चित गराएको छ ।’

नेपालगन्ज उद्योगी, व्यवसायी माझ निकै लोकप्रिय र सबैले मनपराउने व्यवसायी एवं नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्व बरिष्ठ उपाध्यक्ष कपिल अधिकारी, पूर्व महासचिव अशोक कर्मचार्य, प्रतिष्ठित समाजसेवी सेम शाक्य, मधुसुदन शर्मा, कृष्णगोपाल बैश्य लगायतले समावेशी प्यानल जिताउन सक्रियतापूर्वक लागिपरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरीले मतदाताको उत्साहजन समर्थन र सहयोग निर्वाचन पछिको नतिजाबाट प्रष्ट हुने बताउनुभएको छ ।

संघको निर्वाचनमा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वमा रहेको समावेशी प्यानलको तर्फबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष वाणिज्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष उद्योग तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यस्तै सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »