सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारलाई सबै कोरोना संक्रमितको जिम्मा लिन सुशासन समितिको निर्देशन

काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको छ ।

लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने गरिएको भन्दै समितिले त्यसो नगरी सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको हो ।

सम्पूर्ण संक्रमितको भरपर्दो उपचार र व्यवस्थापनको सरकारले नै जिम्मा लिने, सरकारले लिन सकिन्न भन्ने पनि आएको छ’ सरकारलाई निर्देशन दिँदै समिति सभापति शशी श्रेष्ठले भनिन्, ‘संकटको बेलामा नागरिकको स्वास्थ्य बचाउनु आवश्यक छ । यो बेला कोरोना भएको र नभएकालाई अलग अलग उपचारको व्यवस्था मिलाएर जनउत्तरदायी सरकारको पहिचान बनाउने ।’

यसैगरी, समितिले समुदायस्तरमै कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउन पनि निर्देशन दिएको छ । कोरोना परीक्षण रिपोर्ट १२ दिनसम्म पनि नआएको जनगुनासो रहेको उल्लेख गर्दै समितिले जतिसक्दो छिटो रिपोर्ट उपलब्ध गराउन भनेको छ ।

त्यस्तै,राज्य व्यवस्था समितिले कोरोना संक्रमण देखिएका कारागारमा रहेका सबै कैदीबन्दी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण परीक्षण गर्न पनि निर्देशन दिएको छ ।

यस्तै,कोरोना भाइरस नियन्त्रणमा भएका कामको अनुगमन गर्न प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र गठन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »