नेपालगन्ज,जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाँके गठन भएको छ । आजको कार्यक्रम बाँके जिल्ला इन्चार्ज (महिला ) तथा केन्द्रीय सदस्य नसिमुन शेषको अध्यक्षतमा भेला भई जिल्लामा २९ सदस्यीय समिति चयन गरिएको जानकारी जनमत पार्टीका नेता तथा संगठन बिभाग प्रमुख रियाज अहमद शेषले जानकारी दिनु भयो ।
आजको कार्यक्रममा स्वागत मन्तब्य शैलेन्द्र कुमार कर्ण, संचालन कार्य जनमत पार्टी बाँकेका युवा नेता तथा मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद शेषले गरेका थिए । कार्यक्रममा संगठन प्रमुख रियाज अहमद शेषले प्रशिक्षण गराएका थिए । त्यस्तै मन्तब्यकै क्रममा राजू बर्मा, पुष्पा हरिजन, रिता खटिक , मीरा मौर्याले मन्तब्य राखेका थिए, संगठनको लक्ष्य , आगामी उद्देश्य , मुद्दा , संगठन निर्माण लगायतका विषयमा प्रकाश पार्ने कार्य जनमत पार्टीका केन्द्रीय नेता इरफान अहमद शेषले गरेका थिए । नेता शेषले बोल्ने क्रममा अब मधेशको गाउँगाउँमा घरघरमा कथित मधेशवादीको भन्डाफोर गर्ने कार्य अब महिलाहरुको भएको भनेका छन ।
उहाले अबको आउने चुनावबाट मधेशमा जनमतको बाक्लो उपस्थिति रहने समेत भनेका छन किन भने मधेसी जनतालाई मुर्ख बनाई खानेहरुको पहिचान मधेसी जनताले गरिसकेको समेत भनेका छन। महिला जनमतलाई अझ बिस्तार गरि घर घरमा पुर्याउने जिम्मेवारी अब महिला जनमत संघको भएको समेत भनेका छन ।
नेता शेषले चयन भएका सबै पदाधिकारीहरुलाई जनमत पार्टीको उद्देश्यलाई घर घर टोलटोलमा पुर्याउने निर्देशन दिइएका छन, आजको कार्यक्रम भेलाबाट अध्यक्षमा नीतु सिंहलाई सर्वसम्मतिले चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा ४ जना राखिएको उपाध्यक्षद्वय शान्ति गोडिया, अफरोज जहाँ शेष, सायरा बानो राई तथा पूजा सोनी रहेका छन, सचिवमा २ जनालाई चयन गरिएको छ मीरा मौर्या र रीता खटिकलाई सचिव पदमा सर्वसम्मतिले चयन भएको छ ।
कोषाध्यक्षमा उपमा टन्डन, साथै सहसचिवमा ३ जनालाई राख्ने सर्वसहमतिले निर्णय गरिएको छ । सहसचिवद्वय बन्दना बर्मा, फूलमति कोरी र सरस्वति खटिक रहेका छन, साथै जिल्ला सदस्यद्वय जगमूर्ति रैदास, हेमा खटिक, पुष्पा हरिजन, द्रोपदि हरिजन, पिल्ली गडाडिया, निलम तमोली, राधा गोडिया, सुघरी यादव, गुड्डा गडाडिया, रमावति खटिक, संगिता चौधरी, संन्नोदेबी सिंह, गंगा देबी चन्द तथा शायरा बानो राई, यशोधा कुर्मी, फुलमति अहिर र गीता सोनकर रहेकी छिन ।
आजको कार्यक्रमको समापन केन्द्रीय सदस्य तथा महिला जनमत संघ बाँकेकी इन्चार्ज नसिमुन शेष(जोया)ले गरेका थिइन समापन कार्यक्रममा बोल्दै नेतृ शेषले मैले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको समेत जिकिर गरेकी छिन, कार्यक्रममा बोल्दै नेतृ शेषले अब आफ्नो लक्ष्य जनमतलाई घरघरमा पुर्याउने रहेको समेत भएको जिकिर गरेकि छिन । जनमत पार्टीका केन्द्रीय नेता इरफान अहमद शेषले जानकारी दिनु भयो ।