काठमाडौं, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् ।
एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।
प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।
एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । विजुलीबजारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त भएको थियो ।










