सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको काभ्रे जिल्ला अध्यक्षमा रोशन वाइबा

काठमाडौ । मधेशमा मात्र पकड रहेको भनिने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा समेत आफ्नो संगठन बिस्तार गरेको छ ।
आईतवार काभ्रेको बनेपास्थित सम्पन्न बृहत भेलाले रोशन वाइबाको अध्यतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको काभ्रेजिल्ला कमिटी गठन गरेको हो ।
पार्टीको वरिष्ठ नेता तथा माननिय शरद सिं भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले वाइबाको अध्यक्षमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
जिल्ला कमिटी अध्यक्षमा रोशन वाइबा, उपाध्यक्षमा क्रमशः ललिक लामा, सुकलाल तामाङ, भिम राज तामाङ, सचिवमा प्रकाश लामा, सह–सचिवमा मणिक लामा, राजन लामा, सन्तदेव पन्त, कोषाध्यक्षमा राजन लामा(सत्य)लगायत ९ जना पदाधिकारी रहने गरि जिल्ला पार्र्टी कमिटी गठन भएको हो ।
प्रमुख अतिथि भण्डारीले भेलालाई सम्बोधन गर्ने क्रममा नवगठित काभ्रे जिल्ला कमिटीको सिंगो टिमलाई बधाई तथा शुभकामना दिंदै हाल पार्टीका नेतृत्वमा रहेकाहरु नेपालको ७७ वटै जिल्लाहरुमा संगठन विस्तारको अभियानमा तिव्र गतिको साथ लागेको कुरा व्यक्त गरेका थिए ।
साथै नजिकिंदै गरेको स्थानिय निर्वाचन लाक्षित कार्यक्रमहरु सञ्चालन गर्नका निमित्त नव गठित टिमलाई निर्देशन समेत दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »