सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेको घरदैलो अभियान तीव्र

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ को घरदैलो अभियानले तीव्रता पाएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस कामपा–४ का सभापति रामप्रसाद न्यौपानेले वडा अध्यक्षको टिकट पाएसँगैै घरदैलो अभियानले तीव्रता पाएको हो ।

न्यौपानेले आज चुनदेवी क्षेत्रमा घरदैलो अभियान गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ ।

उक्त वडामा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »