सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपा बाँके क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको नाम सिफारिस

नेपालगन्ज, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ।

जसपा बाँकेको विस्तारित बैठकले क्षेत्र नम्बर २ लगायत जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।

बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ अमर खड्का र मोहम्मद सलीम हलवाईको नाम सिफारिस गरिएको छ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ जयप्रकाश वर्मा (चिन्टु वर्मा), तरन्नुम बानो राई, हीरालाल लोनिया, गयासुद्दिन खान र असलम अन्सारीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष दुर्गाप्रसाद वर्माले जानकारी दिनु भयो।

जसपा बाँँकेले समानुपातिकतर्फ मोहम्मद जावेद खान, गीताकुमारी ठकुरी, हसिना खान, तरन्नुम बानो ढपाली, नसरीन हल्वाई, अनिस धोबी, रुही बानो हलवाई, किरण वर्मा, जनककुमारी चिडीमार, हुमा युनुस हल्वाई, उमेश यादव र लीला सिंह मल्लको नाम सिफारिस गरेको छ।

जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले जसपा बाँकेले सिफारिस गरेका उम्मेदवारको अन्तिम निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने र त्यसपछि उम्मेदवारको औपचारिक घोषणा हुने बताउनु भयो।

भर्खरै

सम्बन्धित खबर

Language »