सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालेनका स्वकीय सचिव भूपदेव शाह अछामबाट निर्वाचन लड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका प्रमुख स्वकीय सचिव भूपदेव शाह प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारीमा जुटेका छन् । उनी अछाम क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।

आगामी फागुन २१ मा तय भएको निर्वाचनलाई लक्षित गर्दै शाहले आफ्नै जन्मथलो अछामबाट चुनावी मैदानमा उत्रिने इच्छा व्यक्त गरेका हुन् । केही दिनअघि रास्वपा र मेयर बालेन पक्षबीच सहमति बनेपछि उनको उम्मेदवारी लगभग निश्चिततिर गएको स्रोतको भनाइ छ ।

साढे तीन वर्षसम्म काठमाडौं महानगरपालिकामा प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका शाह पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन र कुलमान घिसिङबीच भएको निर्णायक संवादमा समेत महत्वपूर्ण भूमिकामा देखिएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अछाम–२ बाट नेपाली कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »