नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नयाँ बानेश्वरमा जारी छ।
नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला गरी सुरू भएको हो।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताका पक्षमा अपिल गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकोले एकतामा जोड दिने निर्णय भएको बताए।
निर्वाचन आयोगले शुक्रबार मात्रै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो।








