सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दमकमा एमाले अध्यक्ष ओलीलाई अभिनन्दन

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दमक–२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ ।

विकास निर्माण र राष्ट्रियताका पक्षमा ओलीले लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै उनलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीयले यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरिदिन समेत आग्रह गरे ।

यस्तै, सोही वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे । यहाँको भूमिसम्बन्धी समस्या समाधान समेत गरिदिन स्थानीयको माग थियो ।

अध्यक्ष ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »