सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपाका १६ महिला उम्मेदवारमध्ये १३ विजयी

काठमाडौँ  । रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी भएका छन् ।  जुम्लामा बिनिता कठायत राप्रपाका ज्ञानेन्द्र शाहीसँग र सुनसरी–१ बाट सरिन तामाङ श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईसँग पराजित भइन् । हुम्लामा उम्मेदवारी दिएकी टासी ल्हान्जोम चौथो स्थानमा सीमित भइन् ।

काठमाडौं–१ मा रञ्जु दर्शनाले विजयको खाता खोलेकी थिइन् । उनी १५ हजार ४ सय ५५ मतसहित कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीलाई फराकिलो मतान्तरले हराउँदै विजयी भइन् । ललितपुर क्षेत्र नम्बर–३ मा तोषिमा कार्की दोस्रो पटक विजयी भइन् । २०७९ निर्वाचनमा कार्कीले तत्कालीन ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराउँदै निर्वाचित भएकी थिइन् । अहिले भने उनी ४३ हजार ९६ मतसहित कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका राजकाजी महर्जनलाई ठूलो मतान्तरले हराउँदै विजयी भइन् ।

२०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–२ बाट सांसद बनेकी सोविता गौतम यसपाला चितवन–३ बाट विजयी भइन् । उनले ५९ हजार २ सय ७७ मत ल्याएर भरतपुर महानगरपालिकाकी पूर्व मेयर एवं नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ठूलो मतान्तरले हराइन् ।

सम्बन्धित समाचार

पहिलो प्रयासमै राजनीतिका बलियो खेलाडी ढाल्ने दीपकुमार

विकास आर्याफाल्गुन २४, २०८२

कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

रञ्जना बिसीफाल्गुन २४, २०८२

३० वर्षका रामजीको संसदीय छलाङ, सीके राउत पराजित

विद्यानन्द रामफाल्गुन २४, २०८२

काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी रास्वपाकी रुबिना आचार्यले यो निर्वाचनमा मोरङ क्षेत्र नम्बर–६ बाट भारी मतले जित सुनिश्चित गरिन् । आचार्य ५५ हजार ५ सय १३ मतका साथ विजयी भइन् भने उनका प्रतिस्पर्धी कोइरालाले १२ हजार ८ सय ५० मत मात्र पाए । यहाँ एमालेका विनोद ढकाल ८ हजार ३ सय १७ मतमा सीमित भए ।

कास्की क्षेत्र नम्बर–३ बाट रास्वपाकै बिना गुरुङ विजयी भइन् । उनले कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई तेब्बर मतान्तरले पराजित गरिन् । पर्वतमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी ५३ वर्षीया बिना गुरुङ समाजसेवामा सक्रिय थिइन् ।

रास्वपाकी कैलाली क्षेत्र नम्बर–१ बाट कोमल ज्ञवाली विजयी भइन् । ज्ञवाली १७ हजार ८ सय ६२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८ सय ६७ मत ल्याए । टिकापुरकी स्थानीय बासिन्दा कोमलले व्यवस्थापन सङ्कायमा स्नातक गरेकी छिन् । राजनीतिमा पूर्णकालीन हुनुअघि उनको सफल कृषि व्यवसायको परिचय थियो ।

मोरङ–५ की आशा झा पनि फराकिलो मतान्तरले विजयी भइन् । उनले कांग्रेसका फुलकुमार लालवानीलाई २० हजारभन्दा बढी मतान्तरले पराजित गरिन् । झाले ३० हजार ४ सय ३४ मत पाउँदा उनका मुख्य प्रतिद्वन्द्वी कांग्रेसका लालवानीले ९ हजार ४ सय १५ मत प्राप्त गरे । विराटनगर–१३ की झाले जनस्वास्थ्यमा स्नातक गरेकी छिन् । राजनीतिमा आउनुअघि उनी स्वास्थ्य स्वयंसेविका थिइन् ।

सर्लाही क्षेत्र नम्बर–१ मा नितिमा भण्डारी कार्की विजयी भइन् । उनी ४४ हजार १ सय ८१ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरे भने एमालेका मनोजकुमार देवकोटाले ६ हजार १ सय १ मत मात्रै पाए ।

रास्वपाकी अर्की उम्मेदवार निशा डाँगी झापा–१ बाट ४५ हजार ६ सय ८० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५ सय ५० मत प्राप्त गरे भने तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केशवराम राई १० हजार ४ मतमा सीमित भए । २०७९ को आम निर्वाचनमा रास्वपाबाट समानुपातिक कोटा (खस–आर्य समूह) मार्फत निर्वाचित हुँदा उनले संघीय संसद्कै सबैभन्दा कम उमेरकी ‘कान्छी सांसद’ बनेर इतिहास रचेकी थिइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »