सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भीम, विनोद र तृतको अर्धशतकमा आर्मीको सहज जित

काठमाडौं। भीम सार्की, कप्तान विनोद भण्डारी र तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकीमाथि ७ विकेटको सहज जित हासिल गरेको हो । गण्डकीले दिएको २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

भीमले अविजित ५४ रन बनाए । त्यसअघि ओपनरद्वय तृतराज दासले ५१ र विनोद भण्डारीले ५८ रन बनाएर आउट भए । यी दुई मिलेर पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

गण्डकीका सुवास भण्डारीले २ विकेट लिँदा कप्तान बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले अर्जुन कुमाल र दीपक डुम्रेको अर्धशतक मद्दतमा ४९ ओभरमा ४ बलमा अलआउट भएर २०९ रन बनाएको थियो ।

अर्जुनले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ६७ रन बनाए । दीपकले ५१ रन बनाए ।

आर्मीका आकाश चन्द र शाहब आलमले ३-३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए ।

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »