काठमाडौं। धरान उपमहानगरपालिका-२० विष्णुपादुका पुलबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय शिखर राई र १९ वर्षीय विश्व राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरीले विष्णुपादुकाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








