काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सरकारको तर्फबाट लिखित जवाफ पेस भइसकेपछि अदालतले आजका लागि पेसी तोकेको हो ।
गत चैत १४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि दुवै नेतालाई पक्राउ गरिएको थियो । उक्त पक्राउ गैरकानुनी रहेको दाबी गर्दै ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले चैत १५ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमन तथा मानव अधिकार उल्लंघनका घटनामा उनीहरूलाई जिम्मेवार ठहर गर्दै आयोगले कानुनी कारबाहीको सिफारिस गरेको थियो ।








