सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डकदेखि सदनसम्म सेवा : एकै दिन तीन स्थानमा निःशुल्क दन्त शिविर, हजारौँ अनुहारमा मुस्कान फर्काउँदै ॐ समाज डेण्टल अस्पताल

काठमाडौं / राजन थापा

स्वास्थ्य सेवा केवल औषधि र उपचारमा सीमित विषय होइन—यो मानवताको सबैभन्दा संवेदनशील रूप हो, जहाँ पीडालाई महसुस गरिन्छ र हराएको मुस्कानलाई पुनः फर्काइन्छ। यही मानवीय भावनालाई आत्मसात गर्दै ॐ समाज डेण्टल अस्पतालले “सडकदेखि सदनसम्म” भन्ने आफ्नो मूल नारालाई व्यवहारमा उतार्दै एकै दिन तीन फरक–फरक स्थानमा निःशुल्क तथा सहुलियत दन्त शिविर सञ्चालन गरी उदाहरणीय सामाजिक अभियान प्रस्तुत गरेको छ।

महोत्तरीको बर्दिबास–१४, काठमाडौंको बनस्थली र कलंकी—यी तीन स्थानमा एकैसाथ सञ्चालन गरिएका शिविरहरू केवल औपचारिक कार्यक्रम मात्र रहेनन्, ती हजारौँ सर्वसाधारणका लागि आशा, विश्वास र राहतका केन्द्र बने। बिहानैदेखि उपचारका लागि लाइनमा बसेका वृद्धवृद्धा, बालबालिका तथा सर्वसाधारणको अनुहारमा देखिएको अपेक्षा र उपचारपछि झल्किएको सन्तुष्टिले त्यो दिनलाई मानवताको उत्सवमा रूपान्तरण गरिदियो।

शिविर संयोजक धनप्रसाद घिमिरेका अनुसार अस्पतालले सेवा अस्पतालको चार भित्ताभित्र सीमित राख्ने सोच त्याग्दै जनताको घरदैलोमै पुग्ने लक्ष्यसहित अभियान अघि बढाएको हो। “हामी सेवा खोज्ने मानिस कहाँ छन्, त्यहीँ पुग्न चाहन्छौँ,” उनले भने।

बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङले पनि सेवाको भावनालाई अझ प्रष्ट पार्दै भनिन्, “उपचार गर्नु मात्र हाम्रो काम होइन, बिरामीको मन बुझ्नु पनि हाम्रो जिम्मेवारी हो। बिरामी मुस्कुराउँदै फर्किँदा नै हाम्रो सफलता हुन्छ।”

उक्त कार्यक्रमअन्तर्गत दन्त शिविरसँगै रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। रक्तदानमा सहभागी श्री शक्ति बराइलीले यस्ता कार्यक्रमले गरिब तथा विपन्न वर्गलाई ठूलो राहत मिल्ने उल्लेख गर्दै सेवा कार्यप्रति खुसी व्यक्त गरे।

बर्दिबास शाखा प्रमुख संजिब (क्षेत्री) बुढाथोकीले चुनौतीपूर्ण मौसमका बाबजुद सेवा निरन्तरता दिइएको जानकारी दिँदै भने, “वर्षा होस् वा आँधी—हाम्रो सेवाभाव कहिल्यै रोकिँदैन।”

अभियानलाई अझ अर्थपूर्ण बनाउने काम वरिष्ठ सर्जन डा. सुवास घिमिरेले गरेका छन्। उनका अनुसार स्वास्थ्य सेवा पेशा मात्र नभई मानवताको धर्म हो। “जब बिरामीको पीडालाई आफ्नै पीडा ठानिन्छ, तब मात्र उपचारले साँचो अर्थ पाउँछ,” उनले बताए।

शिविरबाट सेवा लिएका बर्दिबासका ७८ वर्षीय एक सेवाग्राहीले विदेशसम्म उपचार गराएको अनुभव सुनाउँदै यहाँ पाएको आत्मीयता अन्यत्र नभेटिएको प्रतिक्रिया दिए। उनका अनुसार यहाँ उपचारसँगै माया, सम्मान र विश्वास पनि प्राप्त हुन्छ।

शिविरस्थलमा देखिएका भावनात्मक दृश्यहरूले कार्यक्रमको वास्तविक प्रभाव झल्काइरहेका थिए—कहाँहीँ वृद्ध आमाको हात समातेर सान्त्वना दिँदै उपचार गरिरहेका चिकित्सक, त कतै उपचारपछि हाँस्दै फर्किँदै गरेका बालबालिका। यी दृश्यहरूले देखाउँछन्—स्वास्थ्य सेवा केवल शरीरको उपचार होइन, मन र आत्माको उपचार पनि हो।

यस अभियानले स्पष्ट सन्देश दिएको छ—साँचो सेवा स्रोत र सुविधाले होइन, नियत, समर्पण र मानवताले निर्धारण हुन्छ। ॐ समाज डेण्टल अस्पतालले आगामी दिनहरूमा पनि यस्ता शिविरहरू देशका विभिन्न स्थानमा सञ्चालन गर्ने योजना बनाएको छ, जसले स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई पहुँचमा ल्याउने विश्वास लिइएको छ।

अभियानकर्ता राजन थापाका अनुसार आजको कार्यक्रमले प्रमाणित गरेको छ कि दृढ इच्छाशक्ति र सेवाभाव भए सेवा कुनै सीमामा बाँधिँदैन। “सडकदेखि सदनसम्म” भन्ने नारा अब शब्दमा मात्र सीमित नरही जनजीवनमै अनुभूत हुने यथार्थ बनेको छ।

यसरी ॐ समाज डेण्टल अस्पतालले दन्त उपचारसँगै समाजमा मुस्कान, आत्मीयता र मानवताको उज्यालो फैलाउँदै प्रेरणादायी सामाजिक इतिहास निर्माण गरिरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »