सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पीएम कपको उपाधि आर्मीलाई

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १६२ रनको सामान्य लक्ष्य आर्मीले ३४।२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। आर्मीका बसिर अहमद ४५ र इमरान शेख ४६ रनमा अविजित रहे।

ओपनर तृतराज दास ३१ रन बनाउँदै पेभेलियन फर्के। कुशल मल्लले १७ रन थपे। भीम सार्की चार र कप्तान विनोद भण्डारी दुई रनमा पेभेलियन फर्के। सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए।

त्यसअघि विरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९।४ ओभरमा १६१ रनमा अलआउट भयो। सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान दिए।

किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन थपे। हेमन्त धामीले १६ रन बनाए। आर्मीका आकाश चन्द र शाहब आलमले समान तीन विकेट लिए। बसिर अहमदले दुई र कुशल मल्लले एक विकेट लिए ।

भर्खरै

सम्बन्धित खबर

Language »