सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कक्षा ११ को परीक्षाको नयाँ कार्यविधि,विद्यालयले नै परीक्षा लिने

काठमाडौं । कक्षा ११ को रद्ध गरिएको परीक्षाको लागि सरकारले कार्यविधि जारी गरेको छ।

मन्त्रालयले सरकारले लकडाउन र कोरोना महामारीका बीच स्थगित गरेको ११ को परीक्षालाई मुर्तरुप दिन ‘कक्षा ११ को परीक्षा संचालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ ल्याएको हो।

एसईई परीक्षाको कार्यविधिसँग मिल्दोजुल्दो गरी आएको कक्षा ११ को परीक्षा संचालनसम्बन्धी कार्यविधिमा परीक्षा सञ्चालन र व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गर्नेछ।

प्रधानअध्यापकको संयोजकत्वमा रहेको उक्त समितिमा एकजना वरिष्ठ शिक्षक र विषय शिक्षक रहने कार्यविधिमा उल्लेख छ। त्यस्तै परीक्षा अनुगमन परीक्षा नियन्त्रण बोर्डले गर्नेछ। त्यस्तै प्रयोगात्मक परीक्षा विद्यालयले नै गराउने छ भने लब्धांक प्रमाणपत्र दिलाउने अधिकार पनि विद्यालयमै रहने छ।

कार्यविधिमा सामान्य अवस्थामा ११ को परीक्षा सञ्चालनमा केन्द्रीत हुँदै अहिलेको कोरोनाको कहरलाई हेरेर परिच्छेद ७ मा संक्रमणकालीन अवस्था राखेर अहिलेका लागि विशेष व्यवस्था गरेको छ।

कार्यविधिले संक्रमणकालीन व्यवस्था भन्दै यसपटकका लागि केही फरक व्यवस्था गरेको छ।

नियमित परीक्षा ढिलोमा २०७८ सालको बैशाख/जेष्ठ महिनामा सञ्चालन हुने कक्षा १२को परीक्षा आवेदन फाराम भर्नुपूर्व लागि परीक्षा गराइसक्नु पर्ने व्यवस्था गरेको छ।

कार्यविधि अनुसार कक्षा १२ को परीक्षामा सहभागि हुन न्युनतम सैद्धान्तिक तर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनुपर्ने व्यवस्था गरेको छ। तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थिले ग्रेड वृद्धि गर्न पाउनेछन्।

त्यस्तै कार्यविधि कार्यन्वयनको क्रममा समस्या आएमा बोर्डले बाधा अड्काउ फुकाउ गर्नसक्ने व्यवस्था गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »