सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लब गुरु प्रेम लामालाई बसभाडा तिर्दा चक्लेट उपहार

काठमाडौं । हरेक मानिस केहि न केहि गरेर आफुलाई परिचित गराउन चाहान्छ । टोलमा झै झगडा गर्ने टोले ग्याङस्टार देखि अन्डरवल्र्डका डन सम्म आफ्नो अपराधिक पहुँचको आधारमा आफुलाई चिनाउन खोज्दछन् भने कोहि सामाजिक काम गरेर त कोहि लेख रचना र साहित्य मार्फत आफुलाई समाजमा परिचित गराउन लागि परेका हुन्छन् ।
काठमाडौंको सार्वजानिक यातायात चलाउने एकजना यस्ता चालक छन्, जसले हरेक यात्रुहरुलाई भाडा दिएबापत चकलेट उपहार दिएर आफुलाई चिनाउने गरेका छन् ।
काठमाडौंको स्वयम्भु बाट भक्तपुरको बालकोट, टिकाथली, बिरुवा सम्म चल्ने शुभकामना यातायात प्रा.लि.ले सन्चालन गरेको बा.५ख.९१०६को गाडीमा चढेर यात्रा गर्ने हर यात्रुले भाडा दिएपछि चक्लेट उपहार पाउने गरेका छन् ।
आफुलाई लब गुरु प्रेम लामा“मुस्कान”भन्न रुचाउने त्यस गाडीका चालक रामेछापका प्रेम लामाले गाडीमा चढ्ने यात्रुहरुको लागि थुप्रै सुबिधाहरु समेत प्रदान गर्ने गरेका छन् ।
गाडीमा फोहर ब्यवस्थापनको लागि साना साना डोकाहरु राखिएका छन् भने, निशुल्क खानेपानीको ब्यवस्था समेत गरिएको छ । गाडीमा सहचालक नभएको कारण चालक आफैंले माईकबाट रेकर्ड गराएर यात्रुहरु बोलाउने मात्र गर्दैनन्, बेला बेलामा यात्रुहरुलाई हसाउन र बस स्टपहरुको बारेमा माइकबाट आफैं बोलेर जानकारी दिने गरेका छन् ।
मसिनो स्वरमा गीत बजाउँदै यात्रुहरुलाई मनोरन्जन प्रदान गर्दै यात्रा गर्ने वातावरण बनाएका लामाले कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थी र नेत्रहिनहरुलाई निशुल्क सेवा प्रदान गरिरहेका छन् ।
आफुले गाडी चलाएको करिब २५ बर्ष भएको बताउने लामाले रमाईलो गर्दै जिन्दगी बिताउन यसरी सार्वजानिक यातायात क्षेत्रलाई समेत ब्यवस्थित बनाएर यात्रु हरुलाई सुबिधादिन सकिन्छ भन्ने उदहारण प्रस्तुत गरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »