चेपाङ बस्तीमा आगो लगाइएको कारणको जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले चितवनको माडीमा निकुञ्ज आसपास बसोबास गदै आएका चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश आन्नद मोहन भट्टराईको एकल ईजलासले,जुरी नेपालले चेपाङहरुको घर जलाउने र विस्थापन गर्नेहरुलाई फौजदारी कारवाहीको माग गर्दै दायर भएको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश भट्टराईको इजलासले १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन प्रधानमन्त्री कार्यालय,वन मन्त्रालय लगायतलाई आदेश गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश गरेको छ ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »