सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जंगली च्याउ खाँदा एकैघरका चार बालिकाको मृत्यु, पूरै परिवार बिरामी

जाजरकोट। जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालिकाको मृत्यु भएको छ ।

मंगलबा र तीन बालिकाको र सोमबार एकको मृत्यु भएको हो । च्याउ खाएका अन्य चारजना बिरामी परेका छन् ।

स्याँक्रीका ५० वर्षीय टेकबहादुर चलाउनेले ९ साउनमा जंगलबाट च्याउ टिपेर ल्याएका थिए । साँझ च्याउको तरकारी खाएका उनीहरूलाई त्यही रातिदेखि बिसन्चो भएको थियो ।

घरका आठैजना बिरामी परेकाले गाउँकै मेडिकलबाट औषधि लिएर खाएका थिए । उनीहरू च्याउ खाएको तीन दिनपछि सिकिस्त भएका थिए । त्यसपछि मात्रै गाउँलेले उपचारका लागि प्रयास गरेका हुन् ।

टेकबहादुरकी छोरी तीन वर्षीया अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको मृत्यु भएपछि परिवारका अन्य सातजना सदस्यलाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सोमबार नै सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल लगेको थियो ।

उपचारका क्रममै मंगलबार तीन बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

च्याउ खाँदा बिरामी परेका टेकबहादुरसँगै उनका छोरा ३० वर्षीय ललित, बुहारी ३० वर्षीया कल्पना र छोरी १५ वर्षीया पशुपतिको प्रादेशिक अस्पताल सुर्खेतमै उपचार भइरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »