सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी समिति बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्ने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ।

बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी समिति सदस्यहरूलाई जानकारी आइसकेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो।

स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ।नेकपा स्थायी समिति बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »