निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

प्रचण्डलाई फेसबुकमा गाली गरेको आरोपमा पत्रकार दिपक पाठक पक्राउ

काठमाडौं। नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक आज विहान पक्राउ परेका छन् ।

केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो । उनीमाथि साइबर क्राइमको अभियोग छ ।

पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानबिन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।

काउन्सिलले छानबिनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो । मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।

रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको बताएका छन् ।

साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »