सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनुभव आदान प्रदानका लागि तीन पालिकाका महिला पुगे राप्तीसोनारी


नेपालगञ्ज,बाँकेको कोहलपुर नगरपालिका तथा खजुरा र बैजनाथ गाउँपालिकाका महिलाहरुले राप्तीसोनारी गाउँपालिकाको स्थलगत अध्ययन भ्रमण गरेका छन् ।

कोहलपुर, खजुरा र बैजनाथ गरेर तीन वटा स्थानीय तहका महिलाहरुलाई राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ५ को गोडडही र जबरपुरका सामुदायीक छलफल केन्द्रमा आवद्ध महिलाहरुसंग अन्तरक्रिया र अनुभव आदान प्रदान गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँका अनुसार प्लान ईन्टरनेसनलको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको ‘रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना’ अन्तर्गत महिला बेचविखन लगायत बालविवाहको रोकथामको अवस्था बारे जानकारी आदान प्रदान गराउने उदेश्यले सो स्थलगत अध्ययन भ्रमण गराईएको हो ।

स्याक नपाल र अक्सफामको साझेदारीमा वडा नम्बर ५ को गोडडहीमा गठन गरिएको सुरक्षा सामुदायीक छलफल केन्द्र र जबरपुरमा गठन गरिएको सुनखोली सामुदायीक छलफल केन्द्रमा आवद्ध महिलाहरुसंग भ्रमणमा गएका महिलाहरुले जानकारी र अनुभव आदान प्रदान गरेका थिए ।

छलफलका क्रममा महिला बेचविखन लगायत बाल विवाह, लागु औषधको दुव्र्यवसन र महिलाहरुको आर्थिक अवस्थाका बारेमा खुलेरै अनभव आदान प्रदान गरिएको बाँके युनेस्को क्लबका फिल्ड सुपर वाइजर आशा विकले बताउनुभयो ।

सो स्थलगत भ्रमणबाट आफुहरुले धेरै कुरा सिक्न र बुझ्न पाएको भ्रमणमा जानु भएकी बैजनाथ गाउँपालिकाकी वडा सदस्य खगिसरा सुनारले बताउनुभयो । उहाँले यस्ता अध्ययन भ्रमणले काम गर्न उत्साह थप्ने पनि बताउनुभयो ।

सो भ्रमणमा स्याक नेपालका सामाजिक परिचालक कमला विकले सहयोग गर्नुभएको थियो । भ्रमणमा क्लबका कार्यक्रम अधिकृत अनुप बर्माको पनि सहभागिता रहेको थियो ।

स्थलगत अध्ययन भ्रमणमा कोहलपुर, खजुरा र बैजनाथका ३२ जना महिलाको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »