सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फोहरमा राजनिती : मारमा आम नागरिक

काठमाण्डौ। काठमाण्डौ उपत्यकाकाको प्रमुख समस्या मध्य रहेको बिषय फोहर ब्यबस्थापन पनि हो  भन्दा अयुक्ति नहोला  ।  भन्दा अफ्ठ्यारो लाग्ने सुन्दा पत्याउन  गारो पर्ने फोहरमा पनि राजनिति हुन्छ र ?

तर नेपालको फोहर ब्यबस्थापन मा भने ब्यापक राजनिती हुने गरेको पाईएको छ  ।  स्थानिय सरकार संचालन ऐन अन्तरगत परेको यो  बिषयमा  आर्थिक चलखेल समेत हुने  श्रोत बताउछ।

टेन्डर प्रकृया देखि फोहर सेकृकेशन सम्म  को स्थान हरु  मा टोल  का ग्याङ स्टार देखि स्थानिय सरकार को संरक्षण रहने गरेको पाईएको छ  ।

संपुर्ण अधिकार पाएको स्थानिय सरकारले  यो बिषयमा  खासै चासो लिएको देखिदैन  । आवस्यक  श्रोत साधन ,जनशक्ति ,र  कार्य कुशलता लगायत कुरामा शक्षम निजि कम्पनि वा संस्थालाई मात्र टेण्डर स्विकृत गर्नु पर्ने ऐन मा उल्लेख गरीएको भएपनि आवस्यक प्रकृया पुरा नभएका  कम्पनि वा संस्थालाई यस्तो संबेदनशिल कार्यको  जिम्मा लगाउँदा आम नागरिक लाई गंभिर  असर परीरहेको  छ  ।

फोहर संकलन र  ब्यबस्ठापन को जिम्मा पाएका संस्था र  कम्पनि हरुले समयमा घरको फोहर नलैजाने  ,फोहर सेकृकेशन बाटैमा र  नदिकिनारामा गरेर त्यस क्षेत्र मा दुगन्धित बनाउने , फोहर ब्यबस्थापन को क्षेत्र  मा खटिने कर्मचारी  लाई आवस्यक तालिम र  शुरक्षा ब्यबस्था  समेत नगरेको  पाईएको  छ  ।

फोहर ब्य्बस्थापन ऐन  २०६८ र नियमावलि २०७१ ,नेपालको संबिधान २०७२ स्थानिय सरकार संचालन ऐन  २०७४ तथा स्थानिय  सरकार आफैले निर्धारण गरेको कार्यबिधिलाई कार्यन्वयन गराउने हो  भने यो समस्या  केहि समयमानै हल  हुने लामोसमय देखि सरसफाई अभियान  चलाउदै आएका  एक  अभियन्ताको  जिकिर  छ  ।

बिगत केहि समय अगि एउटा समुदाय ले  मात्रै गर्दै आएको यो फोहर ब्यबस्थापन मा  राम्रो कमाई हुने देखेपछि सबैको  ध्यान  त्यतैतिर आकर्षण हुन  थालेको छ   । टोल का केहि नाम चलेका ब्यक्ति देखि स्थानिय जनप्रतिनिधि सम्मलाई आफ्नो प्रभावमा पारेर टेण्डर हात पार्ने र  सिमित कर्मचारीको  हातमा  अफिस सुम्पिएर बसि बसि कमाई खाने मात्र नभएर  राज्यबाट प्राप्त सुबिधा समेत लिने गरेको पाईएको छ  ।

स्थानिय सरकार ले निर्धारण गरेको मुल्य समेतलाई अटेर गरी आफुखुसि पैसा उठाउने काम समेत भएको  जानकार हरु बताउछन्।फोहर ब्यबस्थापन  र  वातावरण को  क्षेत्रमा  स्थानिय सरकारको ठुलो लगानि भएपनि खोला ,नाला बाटा सडक  को  फोहर ब्यबस्थापन हुन नसक्नुले  जताततै फोहर  थुपारेको देखिनु ले यसको पुस्टी गरेको  छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »