सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्को वर्षसम्म कोरोनाको ४० करोड खोप तयार गरिसक्ने बिल गेट्सको भनाई

काठमाडौं । दक्षिण कोरियास्थित अरबपति व्यवसायी बिल गेट्सको फार्मास्युटिकल कम्पनी एसके बायोसाइन्सले अर्को वर्षको जुनसम्म ४० करोड कोरोनाको खोप उत्पादन गर्न सक्ने बताइएको छ ।

गेट्सले राष्ट्रपति मुन जाय इनलाई एक पत्र लेख्दै आगामी जुन सम्म ४० करोड खोप उत्पादन गर्न आफ्नो कम्पनी सक्षम हुने बताएका हुन् ।

राजधानी सियोलस्थित राष्ट्रपति निवासले गत २० जुलाईमा आएको गेट्सको पत्रलाई उल्लेख गर्दै यस्तो जानकारी दिएको हो ।

पत्रमा गेट्सले कोरोनाको खोप उत्पादनका लागि कोरियासँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति मुनले अरबपति गेट्ससँग गत अप्रिलमै फोनमा कुराकानी गर्दै कोरोनासँग लड्न मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »