सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आगलागी प्रभावित परिवारलाई राहत वितरण

प्रहलाद विश्वकर्मा

नेपालगंज , नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्रा चौबीसविघा गाउँमा हिजो मंगलवार करिब ०१ः०० बजे आगलागी भएको थियो । स्थानीय बासी, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।

रक्षाराम यादवको घर देखि सुरु भएको आगलागीबाट ६ घर पूर्ण र १ घर आंशिक क्षति भएको छ । पूर्ण प्रभावित परिवारहरुमा रक्षाराम यादव, मञ्जुदेवी यादव, माधव राम यादव, मोहनलाल यादव, झल्लर यादव, श्रवणकुमार यादव र बहिरी यादवको घरमा आंशिक क्षति भएको छ ।

ती घरपरिवारका ९ महिला र ११ पुरुष गरी २० जना वेघर भएको घरधुरी सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रतिपरिवार रु. १५ हजारका दरले नगद र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट गैरखाद्य राहत सामग्री मंगलवार घटना स्थल नै पुगेर राहत वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीबाट प्रतिपरिवारलाई कम्बल २ थान, त्रिपाल १ थान, भाडा सेट, बाल्टी, कपडा सेटमा लेडिज धोती, मर्दना धोती, छिट, पाप्लीन, सर्ट र पैन्ट कपडा गरी ४५ हजार बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको नेरेसो गंगापुर उपशाखाका का.बा.सभापति शालिकराम साहुले बताउनु भयो ।

प्रभावित परिवारको स्थलगत सर्वेक्षणका लागि नेपाल प्रहरी, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका जिल्ला विपद् प्रतिकार्य समुह (डि.डि.आर.टी.) का स्वयंसेवक परिचालन गरिएको थियो ।

उक्त वितरण कार्यक्रममा माननीय सांसद महेश्वर गहतराज, माननीय प्रदेश सांसद कृष्णा के.सी. नमुना, भूमि आयोगका सदस्य विक्रम यादव, बाँकेका प्र.जि.अ.रामबहादुर कुरुवाङ्ग, नरैनापुर गाउँपालिका वडा नं. ४ वडा अध्यक्ष वीरेन्द्रपाल सिंह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा जिल्ला कार्यसमिति सदस्य, यज्ञनरायण शर्मा, नेरेसो गंगापुर उपशाखाका का.बा. सभापति शालिकराम साहु, शाखाका फिल्ड कार्यक्रम संयोजक प्रहलाद विश्वकर्मा, जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र सुरक्षा निकायका प्रमुख लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »