सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे धुलिखेल ४ मा ”काममा आधारित माम” अभियान शुरू

काठमाडाैँ । काभ्रेकाे धुलिखेल नगरपालिका वडा नं. ४ ले ५२ जनालाई राहत वितरण गरेकाे छ ।

काेराेनाकाे कारणले दैनिक ज्याला मजदुरी गरि खानेहरूका लागि समस्या नहाेस भनेर ४ नम्बर वडाकाे वडा अध्यक्ष रविन्द्र कर्माचार्यको नेतृत्वमा राहत वितरण गरेकाे काभ्रेबाट अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष तथा समाजसेवि अस्मिता वाइवाले सारा खबरलाई जानकारी दिएकाे छ।

राहत वितरणकाे क्रममा वडामा प्रदुषण हुन नदिनका लागि सरसफाइकाे अभियान शुरू गरेकाे वाइवाले बताएकाे छ ।

सडक सफा, मर्मत र झाडी सरसफाइ गरे बापत दैनिक साढे सात सय ग्रामका दरले दैनिक आवशयक पर्ने खाद्यान्न उपलब्ध गराएकाे वडाध्यक्ष कर्माचार्यले बताएकाे छ ।

यसअघि वडाले ४ सय ५१ जनालाइ वितरण गरेकाे थियाे । काममा आधारित राहत उपलब्ध गराउन थालेपछि राहत लिन आउनेकाे संख्या उल्लेखित मात्रमा घटेकाे कर्माचार्यकाे दाबी रहेकाे छ ।

वडाध्यक्ष कर्माचार्यकाे नेतृत्वमा वडावासीबाट संकलन गरेकाे राहत काममा रूपान्तरण गरि वितरण गरिएकाे समाजसेवी तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष अस्मिता वाइवाले जानकारी दिएकाे हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »