सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेप्सेम्याकको सकृयता टुँडालदेवी मन्दिर परिसर सरसफाइ सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र नभएर देशैभरि फोहर ब्यवस्थापनको सेवामुलक ब्यवसायमा अग्रणी स्थानमा रहेको नेप्सेम्याक सेवा प्रा.लि.ले सामाजिक कार्यको रुपमा गरिने हरेक सरसफाई अभियानहरुमा सकृय सहभागिता जनाउने गरेको छ ।
हरेक शनिवार बिहान काठमाडौं उपत्यकामा हुने दर्जनौ अभियानहरुमा नेप्सेम्याकका कर्मचारी तथा संचालकहरुको सकृय सहभागिता देख्न सकिन्छ ।
२०८१ बैशाख ९ गतेदेखी सुरुहुने टुँडालदेवी(बैष्णवी) जात्राको पुर्वसन्ध्यामा नेप्सेम्याक सेवा प्रा.लि.र कामपा वडा नम्बर —४ सामुदायिक प्रहरी टुँडालदेवीको सयुक्त आयोजनामा टुँडाल देवी मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ ।
टुँडालदेवी(बैष्णवी) जात्राको पुर्वसन्ध्यामा गरिएको सरसफाइ अभियानमा कामपा वडा नं.४का वडा अध्यक्ष दिनेश महर्जन, कामपा वडा नम्बर —४ सामुदायिक प्रहरी टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपाने,नेप्सेम्याक ग्रुपका संचालक मित्र प्रसाद घिमिरे, नेप्सेम्याक महााराजगञ्ज शाखाका ईन्चार्ज एकराज सुबेदी तथा नेप्सेम्याक सेवा प्रा.लि.का कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
नेप्सेम्याक एक सेवा प्रदायक कम्पनि भएकाले हरेक सामाजिक कार्यमा यसको सहभागिता रहने नेप्सेम्याक महााराजगञ्ज शाखा ईन्चार्ज एकराज सुबेदीले बताउनु भयो ।
निजि क्षेत्रको फोहरमैला ब्यवस्थापन कम्पनिहरुमा एक नम्बरमा पर्ने यो कम्पनिले करोडौंको लगानि मात्र गरेको छैन ५०० भन्दा माथि कर्मचारीहरुलाई रोजगारी समेत दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »