सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झडप

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झडप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झडप भएको हो ।

भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झडपबाट दुबै पक्षका केही युवा घाइते भएको जानकारी दिए । ‘टिपर चलाउन नदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो, मैले ३ जना घाइते भएको देखेको छु, अरु पनि हुनसक्छन्’ वडाध्यक्ष तामाङले भने ।

जेठ एक गतेदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

क्रसर व्यवसायीहरुले साँझको समयमा भए पनि आफ्नो काम नियमित गर्ने भएपछि त्यहाँ झडप भएको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ ।

झडप भएको स्थानमा अहिले दोलालघाटबाट प्रहरीको टोली पुगेको र मिलाउने प्रयास भइरहेको उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »