सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किन अनइन्स्टल गर्ने ह्वाट्स् एप ? प्रयोगकर्ता ह्वात्तै घटे

सामाजिक सञ्जाल म्यासेजिङ एप ह्वाट्स एपले पछिल्लो समय सार्वजनिक गरेको जानकारीले यसको प्रयोगकर्ता ह्वात्तै घटेको छ । ह्वाट्स् एपले आफ्नो प्रयोगकर्ताको डाटा फेसबुक, मेसेन्जर, इन्स्टा लगायत अन्य सामाजिक सञ्जालहरुलाई दिने जानकारीले प्रयोगकर्तामा व्यक्तिगत गोपनीयता नै भङ्ग हुने भय उत्पन्न भएको छ । ह्वाट्स् एपले प्रयोगकर्ताको नाम, स्थान, मोबाइलको अपरेटिङ सिस्टम, आई पि एड्रेस, फोन नं., म्यासेज लगायतका कुराहरूको जानकारी थाहा पाइरहेको हुन्छ । ह्वाट्स एपमा प्रयोगकर्ताको म्यासेज, इन्फो लगायतका जानकारीका आधारमा व्यवसायिक प्रयोजनका लागि प्रयोगकर्ताको जानकारी फेसबुक, मेसेन्जर लगायत सामाजिक सञ्जाललाई दिन्छ र सोही अनुसार त्यै प्रयोगकर्ताको फेसबुक, मेसेन्जरमा विज्ञापन डिस्प्ले गर्छ । जस्तै प्रयोगकर्ताले Samsung Mobile किन्न खोजेको कुरा ह्वाट्स् एप म्यासेजमा व्यक्त गर्‍यो भने त्यसैको आधारमा प्रयोगकर्तालाई फेसबुकमा विज्ञापन डिस्प्ले गर्छ । तर प्रयोगकर्ताको व्यक्तिगत डाटा ह्वाट्स् एपले कसरी प्रयोग गर्छ, कसरी अन्य सामाजिक सञ्जाललाई दिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । यसो हुँदा व्यक्तिगत गोपनीयता भङ्ग हुने, डाटा चोरी हुने जोखिम धेरै हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »