सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सीजीनेटको सुपर सस्तो प्याकेजमा ५० एमबीपीएस इन्टरनेट मात्र रु ६४९ मा

इन्टरनेट सेवाप्रदायक सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

कम्पनीका अनुसार यो प्याकेज एक महिना, ३ महिना, ६ महिना र एक वर्षका लागि उपलब्ध छ । एक महिने प्याकेज लिने ग्राहकलाई निःशुल्क जडान र ड्रप वायर वितरण गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै तीन महिनाको प्याकेजअन्तर्गत १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८९४ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै वार्षिक ग्राहकले सात हजार ७८८ रुपैयाँमा यो प्याकेज खरिद गर्नसक्नेछन्, जसअन्तर्गत जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सकिने छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा यसै वर्षबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएकाे हो ।

सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »