सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देउवाले पठाएको एमसीसी सम्झौतापत्र सार्वजनिक गर्न चौतर्फी दबाब

यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको पत्र सर्वत्र चासोको विषय बनेको छ र सो पत्र सार्वजनिक गर्न सत्तारुढ दलकै नेताहरूले माग पनि गरेका छन् । सुरुवात देखि नै एमसीसीलाई हुबहु पारित गर्नुपर्ने पक्षमाबोल्दै आएका प्रधानमन्त्री देउवाले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनबाट स्वदेश फर्केपछि कार्तिक १८ गते सञ्चारकर्मीसँगको कुराकानीमा ‘प्रचण्ड र आफूले एमसीसी पास गर्छौं भनेर पत्र पठाएको’ बताए । सत्तासीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले यस कुराको थोरै असहमति जनाउँदै आफुहरूले पत्र त पठाएको तर एमसीसी पारित नै गर्ने हिसाबले पत्र नपठाएको बताए । बरु सबै दलहरूसँग छलफल गरी राष्ट्रिय हितमा राष्ट्रिय सहमतिमा संशोधनपछि चाहिँ एमसीसी पास गर्न सकिने बताए ।

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा २०७४ भदौ २९ गते अमेरिकाको वासिङ्टनमा नेपालका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक सीईओ जोनाथन नाशले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एमसीसी पास गर्ने विषयमा कांग्रेस लगायतका अन्य दलहरू सकारात्मक भए पनि संशोधन गरेरमात्र पास गर्नुपर्ने अधिकांश नेताहरुको भनाइ छ । छलफल नगरी गोप्य रूपमा एमसीसीलाई पत्र लेखेको भन्दै गठबन्धनमा समेत यतिबेला असन्तुष्टि पैदा भएको छ । गोप्य पत्रमा के उल्लेख गरिएको छ भन्ने कुरा सार्वजनिक गर्न समेत विरोध उत्पन्न भएको छ । विदेशी अनुदान लिनु ठुलो कुरा नरहे पनि राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग जोडिएको संवेदनशील विषयमा जान्न पाउने जनताको अधिकार भएको एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । केही बुँदा अझैं संशोधन गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको भनाइ छ। त्यस्तै, एमसीसी पत्र सार्वजनिक गर्दा जनतामा उत्पन्न भएको भ्रम हट्ने माओवादी केन्द्रीय सदस्य देव गुरूङ बताउँछन् । पार्टीभित्र कुनै छलफल नगरी प्रधानमन्त्री देउवासँग मिलेर गोप्य रूपमा एमसीसीलाई पत्र लेखेको भन्दै माओवादीभित्र असन्तुष्टि बढेको उनले बताए समेत गुरुङले बताए ।

गोप्य रूपमा जनभावना विरुद्ध एमसीसी सम्झौता कुनै पनि हालतमा पास नगर्न दबाब दिँदै आएका २२ राजनीतिक संगठनले अब सडक संघर्ष चर्काउने तयारी थालेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »