सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ घेदुङले बागमती सरकारको निर्णयलाई अग्रगामी निर्णयको रुपमा स्विकारेको छ — महासचिव जगतमान लामा


काठमाडौं । नेपाल तामाङ घेदुङले बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० शुभारम्भ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रदेश प्रमुख शालिकराम जमकट्टेल, संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ लगायत बागमती प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
घेदुङका महासचिव जगतमान लामा (दोङ) ले बागमती सरकारले गरेको निर्णय स्वागत योग्य भएकोले घेदुङले यो कार्यमा सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार ब्यक्त गरेको बताउनु भयो ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रमको प्रमुख अतिथिका लागि सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज निमन्त्रणा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बागमती प्रदेश प्रमुख शालिकराम जम्कट्टेल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले संयुक्त रुपमा निमन्त्रणापत्र हस्तान्तरण गर्नु भएको हो ।
निमन्त्रणा हस्तान्तरणमा संघीय सांसद सूर्यमान दोङ, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ लगायत नेपाल तामाङ घेदुङ र नेवा देय दवूका पदाधिकारीहरुको पनि उपस्थिति हुनुहुन्थ्यो ।
बागमती प्रदेशको आयोजनामा यहि बैशाख २४ गते काठमाडौको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरी प्रधानमन्त्रीबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सम्पन्न गराउन संस्कृति मन्त्री शैलेन्द्रमान बज्रचार्यको संयोजकत्वपमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह समितिको घोषणा भोलि वैशाख १७ गते बिहान ११ बजे नेपाः बन्क्युट खुशिबुमा हुँदैछ ।
बागमती प्रदेश सरकारको यहि वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश अन्र्तगतका सरकारी कार्यालयले तीन भाषा नेपाली भाषामा, तामाङ भाषामा र नेपाल भाषामा साइन बोर्ड लेख्नुपर्ने, २४ गते प्रदेशभर सार्वजनिक विदा दिने लगायतका निर्णय गरिएको थियो ।
नेपाल तामाङ घेदुङले यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रदेश प्रमुख शालिकराम जमकट्टेल, संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ लगायत बागमती प्रदेशका सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
घेदुङका महासचिव जगतमान लामा (दोङ) ले बागमती सरकारले गरेको निर्णय स्वागत योग्य भएकोले घेदुङले यो कार्यमा सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार ब्यक्त गरेको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »