सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता को गुनासो : यो सडक हो कि पार्किङ र ब्यापार गर्ने ठाउँ

काठमाण्डौ । मुलुकमा  परीवर्तनको लागी थुप्रै आन्दोलन  र बलिदान हरु भए  केहि राजनितीक उपलब्धि हरुपनि हासिल भए  तर  आम नागरीक ले प्रत्याभुत गर्नुपर्ने जनसरोकारका पक्षमा भने खासै सुधार हुननसकेको  आम नागरिकहरुको गुनासो रहेको छ  ।

नेपालको  संबिधान २०७२ जारी भए पछि निकै ठुलो परीवर्तनको आशा  गरेका  नागरिकहरुमा अहिले निराशा  छाउन  थालेको  छ  ।

गाउँ गाउँ मा  सिंह दरवार पुर्याउने भन्दै स्थानिय सरकार संचालन  ऐन  २०७४ मार्फत स्थानिय   सरकार लाई बिषेश अधिकार  हरु दिएको भएपनि कार्यन्वयन पक्ष भने त्यति सन्तोश जनक नदेखिएको सरोकारवाला हरु बताउछन्।

देशै भरीका शहरहरुको एउटै साझा  समस्या भनेको फुटपाथ  ब्यापार र  सार्वजनिक  पार्किङ नै  हो  । यो  समस्याले   काठ्माण्डौ मा  त झन  बिकराल रुप लिएको छ। सडक को आधाभन्दा बढि भाग पार्किङ र  ब्यापार  ले ओगटे पछि त्यस क्षेत्र  मा ओहर दोहर  गर्ने  पैदलयात्री हरु र  सवारी साधन  हरु दुर्घटनाको  शिकार बन्दै  आइरहेका  छन्।

अति आवस्याक  एम्बुलेन्स ,दमकल , प्रहरी भ्यान  हरु  समेत  छिर्ने ठाउँ नराखिकन  यसरी सडक  कब्जानै गरेर  बस्दा  पनि स्थानिय  सरकार  मुकदर्शक हुनुको  पछाडी यसमा  पनि ठुलो  राजनैतिक  र  आर्थिक  चलखेल भएको जानकारहरु  बताउछन्।

यो समस्या  साना सडक भएका  भित्रीभागहरुमा थियो  नै अहिले आएर  चक्रपथ वरीपरी पनि देखिएको छ । निर्माण सम्पन्न  भएसकेको कलंकि कोटेस्वर खण्डमा समेत  उचित  पार्किङको ब्यबस्था हुन  सकेको छैन  । निर्माणाधिन  कलंकि चाबहिल क्षेत्र  को बेहाल  हेरी नसक्नु  को छ। 

जथाभाबि फुटपाथ ब्यापार र पार्किङ  को कारण सडक  आस्तब्यस्त भैरहेको छ  ।

फुटपाथ  ब्यबस्थापन को  जिम्मा पाएको  महानगर प्रहरी  र  पार्किङ लगायत  सवारीसाधन  को नियमन  गर्ने ट्राफिक  प्रहरी  चोक चोक  मा  आफ्नो ड्युटी गरीरहेकै  हुन्छ  तर  ब्यबस्थापन  चै  किन  हुन  सक्दैन  ?  आम  नागरिक    को प्रश्न  छ  ।

कसरी  बन्ला त  संबृद्ध  नेपाल अनि सुखि  नेपाली ?

भर्खरै

सम्बन्धित खबर

Language »