सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी नेपाल बाँकेको क्षेत्र नं २ कार्यसमितिले पुर्णता पायो

नेपालगञ्ज , जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नं–२ को क्षेत्रीय कार्यसमितिले पुर्णता पाएको छ । शनिबार नेपालगञ्जमा भेलाको आयोजना गरी पार्टीले क्षेत्रीय कार्यसमितिका अन्य पदाधिकारी मनोनित गर्दै समितिलाई पुर्णता दिएको हो ।


क्षेत्र नं–२ का क्षेत्रीय सभापति सूर्यलाल यादवको अध्यक्षतामा भएको भेलाले कार्यसमितिको उपाध्यक्षद्धयमा मतलुब राई (चुन्ना) महिलातर्फ मधु सोनकरलाई चयन गरेको छ । यस्तै सचिवमा भुपाल सिंह खड्का, सहसचिवमा कृष्ण श्रीवास्तव र कोषाध्यक्षमा सुनिता बर्मालाई चयन गरेको छ ।

No description available.


बैठकले क्षेत्र नं–२ मा मीना शेषसहित ४५ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । यस्तै बैठकले बिद्यायक निर्वाचन क्षेत्र नं–२ को (क) मा लल्लन यादव र (ख) मा मोहम्मद इसाहक सिद्धिकी (गुड्डु) लाई अध्यक्षको जिम्मेवारमिा चयन गर्दै समिति निर्माण गरेको छ ।

क र ख को समितिका अन्य पदाधिकारी बिस्तारै चयन गर्दै समितिलाई पुर्णता दिने पार्टीका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुुभयो ।

May be an image of 5 people


बैठकमा पार्टीका केन्द्रीय सदस्य हिक्मत बिकले संगठन सुद्धृढीकरणमा पार्टीले जोड दिएको बताउनुभयो । उहाँका अनुसार क्षेत्रीय समितिले पुर्णता पाएसंगै संगठन सुद्धृढीकरणको तीन महिने अभियान शुरु भएको छ ।

बैठकमा बोल्दै जसपा बाँकेका जिल्ला अधयक्ष कमरुद्दिन राईले संगठन बलियो नहुँदासम्म पार्टीलाई बलियो बनाउन कठिन हुने उल्लेख गर्नुभयो । उहाँले स्थानीयस्तरदेखि नै पार्टीलाई बलियो बनाउन सुद्धृढीकरण अभियान प्रभावकारीरुपमा संचालन गनुपर्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »