सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी नेपालद्वारा त्रिभुवन चाैकमा के हुँदैछ २७ गते, जाने हाेईन ?

नेपालगन्ज, प्रतिनिधि सभा विघटनकाे विराेधमा जनता समाजवादी पार्टी नेपालले पाैष २७ गते जनप्रदर्शन एवम् बिराेध सभाकाे अायाेजना गर्ने भएकाे छ ।


जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा अाेली र राष्ट्रपति विधा भण्डारीद्वारा गरिएकाे प्रतिनिधि सभा विघटनकाे निर्णय बिरूद्व देश भर विराेध प्रदर्शन गर्दै अाईरहेकाे पुर्व शहरी विकास मन्त्री एवम् कार्यकारिणी सदस्य माेहम्मद ईस्तियाक राईले बताउनुभयाे ।


बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभाकाे प्रतिनिधित्व गर्दै अाईरहेका पुर्वमन्त्री राईले भन्नुभयाे -“बाँके लगायत देशभर हाम्राे पार्टीले प्रधानमन्त्री तथा राष्ट्रपतिद्वारा चालिएकाे कदम विरूद्ध अामजनता माझ गई विराेध गर्दै अाईरहेकाे तथा यही क्रमलाई निरन्तरता दिंदै पाैष २७ गते पुर्व निर्धारित कार्यक्रम अनुसार जनप्रदर्शन एवम बिराेधसभाकाे अायाेजना हुने” बताउनुभयाे ।


पुर्वमन्त्री राईका अनुसार अदालतप्रति हाम्राे अास्था र विश्वास रहेकाेले हामी प्रतिक्षारत छाै, न्यायपालिकाले अावश्य पनि प्रधानमन्त्री र राष्ट्रपतिद्वारा गरिएकाे निर्णयप्रति न्यायकाे अनुभूति अाम नेपाली जनतामाझ दिई न्यायपालिकाकाे गरिमा कायम राख्ने छ” बताउनुभयाे ।


पाैष २७ गते जनप्रदर्शन एवम् बिराेधसभामा पुर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता अशाेक राई, पुर्वमन्त्री तथा जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव, पुर्वमन्त्री तथा बाँके क्षेत्र नं. का प्रतिनिधि सभासद माे. ईस्तियाक राई, प्रतिनिध सभासद एवम् जसपा केन्द्रीय कार्यकारिणी अमृता अग्रहारीलगायतकाे सहभागिता रहने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »