सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा तेजनारायण कँडेल मनोनित

नेपालगन्ज, जनमत पार्टी निकट जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा तेजनारायण कँडेल मनोनित भएका छन् । नेपालगन्जमा शनिबार सम्पन्न एक भेलाले उनलाई प्रदेश अध्यक्षमा मनोनित गरेको हो ।

उक्त पार्टीका केन्द्रिय सचिव भुपेन्द्रप्रसाद यादवको प्रमुख आथित्यता एवम् अर्का सचिव राधिका यादवको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त भेलामा पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता,खानेपानी मन्त्रीका सल्लाहकार साह्बुदिन अन्सारी विष्णु यादव, शिक्षक जनमत संघका केन्द्रिय सदस्य रामदेव यादव, महिला जनमत संघ बाँकेका अध्यक्ष रेखा झा, पार्टीका नेपालगन्ज नगर अध्यक्ष शुभम गुप्ता, जनमत अल्पसंख्यक संघका केन्द्रिय सदस्य हरपालसिंह सोडी लगायतको उपस्थिती रहेको थियो ।

आफु पार्टी निकट जनमत खस आर्य संघको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा पुगेपछि खस आर्यहरुलाई पार्टीमा संगठित गर्ने प्रतिबद्धता जनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »