सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जीर्ण अवस्थामा कपिलवस्तुका सिमा स्तम्भ


प्रिन्स मिश्रा
कृष्णनगर, नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ ।
मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा छ ।


पटक-पटक सिमासुरक्षा ,सिमा अतिक्रमणको विबाद उठछन र केहि दिनमा सेलाएर जान्छन तर सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा नै छन ।


विजयनगर गाउपालिका वडा ६ तिर ढलेकाे सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतकाे अभावमा जीर्ण भई सिमना पहरेदारकै संरक्षण हुन नसकेकाे भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताकाे भनाई छ ।

सरोकारवालाको ध्यान नपुगेकाले अतिक्रमण सम्भवना बढ्न सकने गुप्ताले बताएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »