सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डब्लुएचओले भन्यो : कोरोनाभाइरस महामारी दुई वर्षभित्र अन्त्य हुनसक्छ

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधनोम घेब्रेयेससले दुई वर्षभित्रमा कोरोनाभाइरस महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार जेनेभामा बोल्दै उनले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएकाले अहिले प्रविधिको विकासका कारण कोरोना महामारी त्योभन्दा छिट्टै नियन्त्रण हुनसक्ने बताए। उनले भने, “यद्यपि बढ्दो नजिकपनका कारण भाइरस फैलने मौका छ। तर, यही वेला हामीसँग त्यसलाई रोक्ने प्रविधि पनि छ र ज्ञान पनि छ।”

सन् १९१८ मा फैलिएको भाइरसले पाँच करोड मान्छेको मृत्यु भएको थियो। त्यति वेला विश्वको जनसंख्या दुई अरब पनि पुगेको थिएन । कोरोनाभाइरसका कारण अहिलेसम्म आठ लाख दुई हजारको मृत्यु भएको छ।

डब्लुएचओ प्रमुख घेब्रेयेससले महामारीका वेला विभिन्न देशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) खरिदमा भएको भ्रष्टाचारलाई ‘अपराध’ को संज्ञा दिएका छन्। “कुनै पनि प्रकारको भ्रष्टाचार अस्वीकार्य छ”, उनले भने, “यद्यपि पीपीईमा भएको भ्रष्टाचार मेरा लागि वास्वतमा हत्या हो।”

स्वास्थ्यकर्मीलाई पीपीईविना काममा लगाउनुलाई घेब्रेयेससले उनीहरुको जीवनलाई खतरामा धकेलेको बताए। यसले स्वास्थ्यकर्मीले सेवा दिने बिरामी पनि खतरामा पर्ने उनले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »