सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक नेकपा भोटेकोशीको जुगल गाउँपालिका लिदि पहिरो पीडितलाई अर्थिक सहयोग

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदिमा पहिरोको कारणले पीडित भएकाहरुका लागि नेकपा भोटेकोशी कमिटीले अर्थिक सहयोग गरेको छ ।


जुगल गाउँपालिकाको नेकपा कमिटीलाई रु एकलाख चारहजार अर्थिक हस्तान्तरण गरेको सिन्धुपाल्चो भोटेकोशी गाउँपालिकाका युवा नेता आङछिरि शेर्पाले सारा खबरलाई जानकारी दिनु भएको छ ।


हरेक दुःखमा परेका मनावहरुको उद्वार गर्नु कम्युनिष्ट नीति रहेको हुनाले नेकपा जिल्ला संगठन सिन्धुपाल्चोसँगको सहकार्यमा यो आर्थिक रकम हस्तान्तरण गरेको भोटेकोशी गाउँपालिकाको नेकपा अध्यक्ष आङछिरी शेर्पाले बताउनुभयो ।


उक्त रकम नेकपाको सिन्धुपाल्चोक जिल्ला सदस्य तथा जुगल गाउँपालिकाका इन्चार्ज रेशम स्याङबो, जिल्ला सदस्य धर्मलाल श्रेष्ठलाई हरुतारण गरेको थियो । उहाँहरुले जुगल गाउँँपालिको लिदिका पहिरो पीडित समक्ष पु¥याउने छन् ।


सिन्धुपाल्चो जिल्ला सदस्य तथा भोटेकोशी गाउँपालिकाको इन्चार्ज अमृत खड्का, भोटेकोशी गाउँपालिकाको नेकपाका अध्यक्ष आङछिरि शेर्पा, सचिव छेवाङ शेर्पा, जिल्ला सदस्य तथा भोटेकोशी गाउँपालिकाका उपप्रमुख दाबुटी शेर्पाको विशेष पहलमा रकम संकलन गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »