सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिनाउ नदिमा अनाधिकृत दोहन गर्नेलाई बुटवल उपमहानगरपालिकाले नछोड्ने

रुपन्देही । पुर्व सन्चारकर्मी रवि लामिछानेले गृह मन्त्रालयको कार्यभार सम्हाले लगतै गरेको निणर्य अनुसार देशैभरको अबैधानिक क्रसर बन्द गर्न स्थानिय प्रशासन तथा स्थानिय सरकारले कतिको चासो देखाएको छ भन्ने बिषयमा यतिबेला मिश्रृत प्रतिकृया आई रहेको छ ।

स्थानिय नागरिक तथा मिडियाको निरन्तर खवरदारी पछि रुपन्देहीमा सन्चालन भएका अबैधानिक क्रसरहरुले यतिबेला आफ्नो कार्यलाई स्थगित गरेको छ ।

क्रसरहरुले नदिजन्य पदार्थको उत्खनन् रोके पनि ठुला र गौरवको आयोजनाको नाममा भने खुलेआम तिनाउ नदिमा दोहन हुन थाले पछि बुटवल उपमहानगरपालिकाले अनुगमनमा आफ्नो सकृयता बढाएको छ ।

बुटवल उपमहानगरपालिका को उप प्रमुख तथा अनुगमन समिति संयोजक ले तिनाउ नदिमा अनुगमन गरे लगतै प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख , जिल्ला समन्वय समिति रुपन्देही , बुटवल उपमहानगरपालिका प्रमुख सहितको टोलीले शुक्रबार पुन अनुगमन गरि सर्ब पक्षिय बैठकले निर्णय नगरुन्जेल को लागि सबै कार्य रोक्न निर्देशन गरेको थियो ।

शनिबार बसेको सर्बपक्षिय बैठकले भने स्थितिलाई केहि सहज बनाउने सर्त सहितको निर्णय गरेको छ ।

वुटवल उपमहानगरपालिकाको मेयर खेलराज पाण्डे, प्रशासकीय अधिकृत टेकराज पन्थी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे जिल्ला प्रहरी कार्यलय रुपन्देहीको प्रमुख रविन्द्र रेग्मी, जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुख लगाएतका निर्माण ब्यबसायी संघ र सम्बन्धित आयोजना को ठेक्का पाएको कम्पनिको प्रतिनिधि सहित बसेको बैठकले आयोजना लाई कामगर्न बाधा नपर्ने गरि कार्यगर्ने निर्णय गरेको छ ।

बैठकले स्थानिय सरकार संगको समन्वयमा र स्थानिय सरकारलाई बुझाउनुपर्ने कर लगायतका प्रकृया पुरा गरेमा आयोजनाको काममा बाधा नपार्ने तर अनाधिकृत रुपमा कार्य गर्ने कसैलाईपनि नछोड्ने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »