सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा २९ लाख रुपियाँ सहित ‘हाइप्रोफाइल’ १०जना जुवाडेलाई पक्राउ

नेपालगञ्ज , प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा रहेको एक घरमा छापा मारी उन्नितस लाख बढि रुपियाँ सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय कृष्णप्रसाद सुवेदीको घरमा जुवातास भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले २९ लाख ४८ हजार ७०० रुपियाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा नेपालगञ्जका प्रतिष्ठित ब्यवसायसी समेत रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ का रहमान मिया, ४ का सन्तोष थापा, पब्लु भण्डारी,सन्तोष वली, तरुण गौतम, नविन घिमिरे, कृष्णवहादुर सुवेदी, ६ का मेघनाथ कुचबन्दिया, १० का टोपवहादुर शाही, ७ का रविन राणालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुबास खड्काले पक्राउ परेका ब्यक्तिहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »