सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री के. पि. ओलि लाई काठ्माण्डौ मा सेल्टर दिने एक कम्युनिस्ट योद्धा जीवनराज मानन्धर को २२ औं स्मृती दिवस आज

नेपाल को सामाजिक र राजनैतिक परिवर्तन को लागी आफ्नो जीवन को अन्तिम क्षण सम्म पनि लागिरहने एक अथक योद्धा जीवनराज मानन्धर को २२ औं स्मृती दिवस आज परेको छ ।
नेपालमा कम्युनिस्ट आन्दोलन को एउटा मुख्य भूमिका निर्वाह गरेर इतिहाँस मा नाम जिवित राख्न सफल यि योद्धा लाई नजिकै बाट नचिन्ने अहिलेका नेकपा का बरिस्ठ नेता हरु सायद छैनन होला ।


जनता को बहुदलिय जनवाद (ज ब ज )लाई आफ्नो अमुल्य बिचार मान्ने मानन्धर पंचायत काल देखी नै सामाजिक रुपान्तरण्को अभियान मा लागेका प्रखर समाजसेवी समेत थिए भनेर कम्युनिस्ट नेताहरु ले पनि स्विकारेका छन् । बिचार वाकपटुता को कारण पनि उनि सबै माझ लोकप्रिय थिए ।
काठ्माण्डौ को राम्रै घराना मा जन्मिएका भएपनी सादा जिवन उच्च बिचार बोकेका मानन्धर को कालिमाटी स्थित घर मा भुमिगत काल मा सेल्टर नलिएका र बैठक नबसेका हाल का नेकपा का कमै बरीस्ठ नेता हरु होलान ।
प्रधान मन्त्री के पि ओलि को भुमिगत काल को मुख्य सेल्टर नै मानन्धर को घर थियो भन्ने एक जानकारले बताएका छन् । जीवन एक :ब्यक्तित्व अनेक नामक जीवनराज मानन्धर को प्रथम वार्षिकी को अवसर मा प्रकाशित स्मारिका मा स्वयं ओलि ले मानन्धर को परिवार संग आफ्नो राम्रो संबन्ध रहेको कुरा लेखेर यसलाई पुस्टी गरेका छन् ।

रास्ट्रपती बिद्ध्या देबी भण्डारी र तत्कालिन महासचिव मदन भण्डारी ले पनि मानन्धर को घर मा सेल्टर लिएर बस्ने गरेका थिए ।२०४६ साल को जन आन्दोलन सफल भएपछी भुमिगत काल बाट खुल्ला राजनिती मा आउँदा कम्युनिस्ट नेता तत्कालिन महासचिव मदन भण्डारी पहिलो पल्ट सार्वजानिक पनि जीवनराज मानन्धर कै कालिमाटी को घर बाट भएका थिए।


मृत्यु उप्रान्त पनि धेरै ले प्रशंशा गरेका मानन्धर को पारिवारिक अवस्था कस्तो होला भनेर अहिलेका बरीस्ठ नेताहरु कती जानकार छन् त्योत भन्न नसकिएला तर तत्कालिन काठ्माण्डौ १३ को वडा अध्यक्ष हुँदा उन ले गरेको बिकास छेउपुग्ने सबैले उनलाई नसम्झ्ने कमै होलान् ।

भर्खरै

सम्बन्धित खबर

Language »