सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बन्दाबन्दी खोल्ने निर्णय अवैज्ञानिक भएको विज्ञहरुको दावी

काठमाडौं। कोरोनाभाइरस संक्रमण रोकथामका लागि ११ चैतदेखि लागू गरिएको बन्दाबन्दी सरकारले आजदेखि खुला गरेको छ।

सरकारले स्वास्थ्य सम्बन्धी निकाय र जनस्वास्थ्य विज्ञहरुसँग सरसल्लाह नगरी कुनै तयारी विना नै बन्दाबन्दी खोल्नु अवैज्ञानिक भएको जानकारहरु बताउँछन।

सरकारले कोरोना संक्रमणको जोखिम बढिरहेका वेला जनस्वास्थ्यबारे नसोची बन्दाबन्दी खोल्ने निर्णय गरेको विज्ञहरुको भनाई छ।

स्वास्थ्य मन्त्रालय, मन्त्रालय मातहतका निकाय र जनस्वास्थ्य विज्ञहरुसँग कुराकानी गर्दा सरकारले विना तयारी र कुनै सरसल्लाह नै नगरी बन्दाबन्दी खोल्ने निर्णय गरेको पाइएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत बन्दाबन्दी खोल्ने विषयमा निर्णय भएको हुनसक्ने ईडीसीडीका निर्देशक डा‍. वासुदेव पाण्डेलेले बताए। सीसीएमसीमा बाहिरबाट जनस्वास्थ्य विज्ञका रुपमा काम गरिरहेकाहरुले समेत बन्दाबन्दी खोल्ने निर्णय हुँदैछ भनेर पत्तो पाएनन् ।

अहिले सीसीएमसीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले प्रतिनिधित्व गरेका छन् । सीसीएमसीको संयोजकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् भने स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि छन्।

सरकारले बन्दाबन्दी खाेलेपछि सडकमा सबै प्रकारका सवारी चल्न थालेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »