सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जलाई उच्च प्राथमिकता दिन बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीसंग माग


स्वास्थ्य मन्त्रालयले तत्काल २५० पिस परिक्षण किट पठायो

नेपालगञ्ज,स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५० पिस कोरोना परिक्षण गर्ने पीसीआर किट पठाएको छ ।
नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परिक्षण किट, स्वास्थ्य सामाग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्नु पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईएको हो ।

आइतवार एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेकोले बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै गै भेटेर विभिन्न मागहरु गरिएलगत्तै स्वास्थ्यमन्त्रीले २५० थान किट पठाउन लगाएको र अन्य सामाग्री पठाउने तयारी भैरहेको पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बताउनु भयो ।
उहाँले भेटमा मन्त्रीसंग बाँकेमा थप किट पठाउनुका साथै सबै नगरवासीको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने, थप स्वास्थ्य उपकरण लगायत प्राविधिक टोली पठाउनु पर्ने र तेस्रो चरणका लागि अस्पतालहरु निर्माण गर्नु पर्ने माग गरिएको बताउनु भयो ।

स्वास्थ्य मन्त्री ढकालसंग भेट गरेर नेपालगञ्जलाई उच्च प्राथमिकतामा राखेर युद्धस्तरमा काम गर्नु पर्ने माग गर्ने टोलीमा पुर्वमन्त्री राई लगायत बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक, बाँके क्षेत्र नम्बर ३ का सांसद ननदलाल रोकाया, बाँकेबाट समानुपातिक सांसदहरु पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानम हुनुहुन्थ्यो ।


सो अवसरमा बाँके क्षेत्र नम्बर एकका सांसद अथकले तत्काल नेपालगञ्जमा परिक्षणलाई बढाउनु पर्ने माग गर्दै थप अस्पताल लगायत अन्य तयारीलाई पनि तिव्र पार्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
सोही अवसरमा सांसद पुर्णा कुमारी सुवेदीले पनि अहिलेको अवस्था हेर्दा बाँकेमा भयावह स्थिति हुनसक्ने आशंका व्यक्त गर्दै सरकारले तत्काल सबै तयारी गरिहाल्नु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुको जिज्ञासाको जवाफ दिंदै स्वास्थ्यमन्त्री ढकालले सरकारले नेपालगञ्जको अवस्थालाई निकै गम्भीरतापूर्वक लिएको जनाउँदै कोरोना फैलिन नदिन सबै कार्यहरु गरिने बताउनु भएको पुर्वमन्त्री राईले बताउनु भयो ।


मन्त्री ढकालले २५० पिस किट तत्काल पठाउन लगाईएको जनाउँदै थप टोलीसंगै अन्य स्वास्थ्य सामाग्री पनि पठाइने प्रतिवद्धता जनाउनु भएको सांसद अथकले बताउनु भयो ।


शुक्रवार नेपालगञ्जमा एक जना ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुमध्ये ५५ जनाको परिक्षण गर्दा थप १५ जना संक्रमित भेटिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »