सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिहीबार काठमाडौं उपत्यकामा थप २ हजार ५४० जनामा कोरोना संक्रमण

काठमाडौँ। काठमाडौंमा २०८५ सहित उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका २०८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बिहीबार नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »