सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैशाख १५ गते तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बिशेष प्रदर्शन हुँदै

काठमाडौं । तामाङ चलचित्र ‘ग्याल्बो राजा’को यहि बैशाख १५ गते बिशेष प्रदर्शन हुने भएको छ ।
सांस्कृतिक संस्थान ,राष्ट्रिय नाचघर जमलमा निर्देशक विनायक तामाङ निर्देशित तामाङ भाषाको चलचित्रको बिशेष प्रदर्शन गर्न लागिएको हो ।
कालिदेवी मिडिया हासउले संगीता तितुङको कथामा यो फिल्म निर्माण गरेको हो ।
फिल्ममा विनायक तामाङ, अर्जुन गुरुङ, संगीता तितुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गरेका छन् ।
फिल्ममा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ ।
फिल्मको पटकथा तथा संवाद बाबुराम सुवेदीले लेखेका हुन् ।
फिल्मको गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर भरेका छन् ।
‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब गरिएको छ । छिट्टै फिल्मको रिलिज डेट तोकिने निर्देशक विनायक तामाङले जानकारी दिएका छन् ।

कार्यक्रमको अवसरमा बिभिन्न बिधामा ख्याति प्राप्त राष्ट्रिय स्तका कलाकार हरुलाई बिशेष सम्मान समेत गरिने जानकारी फिल्म निर्माण पक्षले गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »